लागु औषधविरुद्ध चेतनामुलक र्‍याली

सांकेतिक तस्बिर

काठमाडौँ – लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।

विशेष गरेर बढ्दो लाग औषध दुरुपयोग ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि हरेक वर्षको जून २६ तारिकका दिन यो दिवस मनाउने गरिन्छ ।

‘Health for Justice , Justice for Health’ भन्ने नारा सहित यो दिवश विश्वभर मनाईएको छ ।

नेपालमा भने “समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वास्थ्य जीवन” भन्ने नारा सहित विविध जनचेतनामुलुक कार्यक्रम गरि यो दिवस मनाईएको छ ।

यसै सन्दर्भमा गृहमन्त्रालय लागु औषध नियन्त्रण शाखा मुल आयोजक समितिले राजधानीमा विशेष कार्यक्रम गरेको छ ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा लागु औषधको प्रयोगले व्यक्तिको जीवन, परिवार र समग्र समाजलाई पर्ने असरका बारेमा नै जनचेतनामुलक नाटक प्रस्तुत गरियो ।

महाशाखाले दिवसको सन्दर्भमा लागु औषध दुरुपयोग सम्बन्धमा जनचेतनामुलक निबन्ध तथा नाटक प्रतियोगिता गरेको थियो । कार्यक्रम अघि बिहान जनचेतनामुलक प्रभातफेरी पनि गरिएको थियो ।

भृकुटीमण्डपबाट सुरु भएको चेतनामुलुक र्‍याली भद्रकाली शहीदगेट, सुन्धारा, न्यूरोड, शान्ति बाटीका हुँदै राष्ट्रियसभा गृह पुगेको थियो ।

र्‍यालीमा लागु औषधको क्षेत्रमा काम गर्दे आएका संघ संस्थाका प्रतिनिधि लगायत सर्वसाधरणको उपस्थिति थियो ।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्