बालुवाटार जग्गा प्रकरणमा अख्तियारले ८६ जनालाई बोलायो (सूचिसहित)

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासभित्र पर्ने बालुवाटार जग्गा प्ररकणका सम्बन्धमा बयानका लागि नाती काजी महर्जनसहित ८६ जनालाई बोलाएको छ। उनीहरुलाई सात दिनभित्र आयोगमा हाजिर हुन अख्तियारले सार्वजनिक सूचना जारी गरेको हो ।

बुधबार जारी गरिएको सूचनामा सात दिनभित्र बयानका लागि उपस्थित नभएमा कानुन बमोजिम हुने उल्लेख छ ।

‘बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं डिल्लीबजारका कर्मचारीको मिलोमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही काय गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोरोको उजुरीको अनुसन्धानको सिलसिलमा तपाईसँग केही बुझ्नु पर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ’ अख्तियारले जारी गरेको सूचनामा उल्लेख छ ।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू