राजमार्गका चार होटलको स्तरीकरण मात्रै उत्तम, अरु सन्तोषजनक

दाङ-खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङले राजमार्गमा रहेका होटल रेष्टुरेन्टको स्तरीकरण गर्न थालेको छ। जिल्लाको घोराही, तुलसीपुर र लमही क्षेत्रका होटल रेष्टुरेन्टको स्तरीकरण गर्न थालिएको हो।

खाद्य स्वच्छता स्तर वर्गिकरणको लागी ५० वटा विभिन्न सूचक रहेका छन्। तिनै सूचकको आधारमा होटल रेष्टुरेन्टको स्तरीकरण गर्ने गरिएको छ । दाङ जिल्लामा एक ओटा होटल मात्रै अती उत्तम वर्गमा परेको छ भने, चार ओटा होटल उत्तम वर्गमा परेका छन्।

अनुगमन गरिएका अन्य होटल सन्तोषजनक र सामान्यमा रहेका छन्। ९० भन्दा माथी अंक प्राप्त गर्ने होटलले तीन तारा र(क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर प्राप्त गर्छन् । ८० भन्दा माथि ८९ सम्म ल्याउने होटललाई दुई तारा र(ख) सहित उत्तम लेखिएको हरियो स्टिकर प्रदान गर्ने गरिन्छ।

६५ देखि ७९ सम्म नम्बर ल्याउने होटललाई एक तारा र(ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर टाँस गरिन्छ। ५० देखि ६४ सम्म नम्बर ल्याउने होटललाई (घ) सहित सामान्य लेखिएको पहेंलो स्टिकर टाँस गर्ने गरिन्छ। राजमार्गसँग जोडिएका होटलहरु केही उत्तम, सन्तोष जनक भित्र पर्छन्।

बाँकी सामान्य तहको रहेका छन्। लमहीको विएनवी होटले ७८ नम्बर पाउदै सन्तोषजनक प्रमाण पाएको छ । यस्तै भुसाल गेष्ट हाउस प्रालीले ८१ नम्बर पाउदै उत्तम वर्गमा परेको छ।

होटलहरुको स्तरीकरण गर्न उपभोक्तालाई ढुक्कको अनुभुती गराउने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष केशवकुमार शर्माले बताए।‘५० ओटा सूचकहरुको बारेमा होटल सञ्चालक संगै छलफल हुन्छ।

पहिला अनुगमन गरिन्छ र त्यसपछी हुने छलफलबाट स्वमूल्यांकन गर्ने स्थिती आउदा होटल सञ्चालकलाई थप जिम्मेवार बनाउछ’उनले भने–‘सामान्य सरसफाईको नियम नजान्दा समेत स्तरीकरणमा समस्या पर्छ। तसर्थ उपभोक्ताको हित र होटलको स्तर बढाउन सूचकहरुलाई ख्याल राखेर व्यवस्थापन गर्नुपर्छ।’

आर्थिक बर्ष २०७५-०७६ को बर्षिक स्विकृत कार्यक्रम अन्तरगत होटल रेष्टुरेन्टको स्तरीकरण गर्न कार्यक्रम राखिएको र आगामी बर्ष समेत यस कार्यक्रमलाई निरन्तरता दिइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बञ्जाराले बताए।

होटलको स्तरीकरण टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख सहित स्थानीय खाद्य स्वच्चता समुहका अध्यक्ष हिमन्तप्रसाद पाण्डे, सदस्य नारायणप्रसाद भुसाल, ईलाका प्रसासन कार्यालय लमहीका प्रतिनिधि वामदेव गिरी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष केशवकुमार शर्मा, लमही नगरपालिका स्वास्थ्य शाखा संयोजक विना केसी लगायतको सहभातीता रहेको थियो।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू