न्युजिल्यान्डले टस जित्यो, पाकिस्तानले पहिला बलिङ गर्ने

लन्डन :  वेल्स र इङ्ल्यान्डमा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्ग लिग चरणको पाकिस्तान र न्युजिल्यान्डबीचको खेल केहीबेरमा सुरु हुँदै छ।  ‘चिसो आउट फिल्ड’का कारण ढिलो भएको खेलमा न्युजिल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

यो खेल सवा ३ बजे सुरु हुने तालिका थियो। यो खेलमा जित हात पार्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने प्रयाशमा छ। अर्कोतर्फ सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न पाकिस्तानलाई यो खेल जित्नुको विकल्प छैन।

प्रतियोगितामा दुवै टोलीले समान ६ खेल खेलिसकेकामा न्युजिल्यान्डले हार ब्यहोरेको छैन भने पाकिस्तानले तीन खेलमा पराजय सामना गरेको थियो। मंगलबार राती भएको खेलमा घरेलु टोली इङ्ल्यान्ड पराजित भएपछि पाकिस्तानको अन्तिम चारको सम्भावना कायमै छ।

६ खेलबाट ११ अंक भएको न्युजिल्यान्ड तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको अस्ट्रेलिया सात खेलबाट १२ अंक जोडेर सेमिफाइनल पुग्ने निश्चित भइसकेको छ। ६ खेलबाट पाँच अंक भएको पाकिस्तान सातौँ स्थानमा छ।

चौथो स्थानमा रहेको इङ्ल्यान्डको सात खेलबाट ८ अंक छ। हरेक टोलीले ९ खेल खेलेपछि शीर्ष चार स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनल पुग्नेछन्। अघिल्लो खेलमा  पाकिस्तानले दक्षिण अफ्रिका र न्युजिल्यान्डले वेस्ट इन्डिजलाई हराएका थिए।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्