चट्याङबाट ज्‍यान गुमाएकाको परिवारलाई किरिया खर्च

दाङ-मंगलबार चट्याङमा परेर मृत्यु भएका परिवारका सदस्यलाई राप्ती गाउँपालिकाले किरिया खर्च उपलब्ध गराएको छ।

राप्ती गाउँपालिकाको ३ नं वडा को ६५ नन्वर गाउँका तिन जना बालकहरुको मंगलबार चट्याङबाट मृत्यु भएको थियो।

किरीया खर्च वापत राप्ती गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय द्धारा राहत प्रदान गरिएको छ।

मृतकका परिवारलाई १५ हजारका दरले र जिल्ला प्रशासन कार्यालय दाङले १ लाखका दरले मृतकका बुवाहरुलाई राहत उपलब्ध गराएको हो।

चट्याङमा परी घाईते भएका अबिनाष चौधरीको उपचारको लागि १० हजार समेत राहत उपलब्ध गराएको छ।

राहत वितरणका लागि राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत जनक प्रसाद भण्डारी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, लेखापाल खुमान सिंह खड्का लगायतको सहभागीता रहेको थियो।

मृतक वालबालीका जावुना खानरुखमा चढेका बेलो चट्याङमा परेका थिए।

चट्याङ लागेर १२ बर्षका साजन चौधरी, १३ बर्षका बिवेक चौधरी र १० बर्षका रमित चौधरीको मृत्यु भएको र ८ बर्षका अबिनाष चौधरी भाइते भएका थिए।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्