हतकडी लगाएर अदालत पुर्‍याइयो ‘मोटिभेसनल स्पीकर’ कार्कीलाई

काठमाडौँ– प्रहरीले तीन दिनअघि पक्राउ गरेका  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका अन्तर्राष्ट्रिय मामिला विभागसँग आबद्ध  तथा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर नरबहादुर कार्कीलाई हथकडी बाँधेर बुधबार अदालतमा प्रस्तुत गरिएको छ।

बालुवाटारस्थित एक रेष्टुरेण्टबाट एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै गर्दा पक्राउ परेका कार्कीलाई प्रहरीले मंगलबार नै ७ दिनको म्याद  थपेको छ।

‘मोटिभेसनल स्पिकर’ का रुपमा स्थापित कार्की पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका थिए। पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।

गिरफ्तार हुनुभन्दा केही घण्टा अघि मात्र कार्कीले फेसबुकमा स्ट्याटसमा ‘जो एनसेल, कोकाकोला, अरुण, कणार्ली, सीमा अतिक्रमण, प्रतिबन्ध गैर न्यायिक हत्या, इण्डोप्यासिफिक जस्ता जस्ता विषयमा मौन वा नजरअन्दा गर्छन्, बस्छन् तिनीहरु या त बेहोस् छन् या त चारो खाने प्राणी हुन्’ भनी लेखेका थिए।

यसअघि पक्राउ परेका पार्टीका तेस्रो वरियताका नेता हेमन्त प्रकाश ओली अदालतको आदेशनुसार प्रहरी नियन्त्रणमा छन् ।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्