काठमाडौँमा बिहानदेखि झरी, देशभर वर्षाको सम्भावना

काठमाडौँ – देशभर मनसुन सक्रिय भएकाले बिहीबार अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

विशेष गरी देशको मध्य र पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमी भूभागमा आंशिक बदली रहने छ ।

बिहीबार राति पनि अधिकांश स्थानमा पार्नी पर्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि झरी परिरहेको छ ।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू