मालिकहरू! पानीजहाज किन्‍ने खल्ति खाली छ?

डुँगा डुब्छ कि !
अल्छिले खियाउँदै
प्वाल पर्दैछ।

मालिकहरू !
पानीजहाज किन्ने
खल्ति खाली छ ?

विज्ञापन

म मजदुर
तिम्रो भाग्य सपार्न
चुनाव कुर्दै।

चोर : कातिल !
मूर्ति: शिर छेदन,
ऐनामा हेर।

गुठी खाने त
शाकाहारी हुँदैन
सर्वहारा रे !

गुठीले कतै
गोठतिर लान्छ कि !
राता गाला यी ।

फिरङ्गीहरू !
लिसो नै टाँसिराछन्
तिम्रा पँखेटा !

‘तिमी’ बिकेको
बाह्रबर्ष बितेछ,
‘साहु’ चिनाऊ।

पहेँलो रुख
अस्ताउँदैछ सूर्य
हरायो जून ।

कानूनमाथि
त्रीदेवका दर्बार
राता ‘मुकुट’ !

हबेलीहरू
नारा लगाउँदैछन्
.”……..मुसिको भव :”

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्