मुख्यमन्त्री शाहीले हेलिकप्टर चार्टर गरेको समाचार लेख्ने पत्रकारलाई धम्की, महासंघको आपत्ति

हुम्ला – कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले पार्टीको कार्यक्रममा हेलिकप्टर चार्टर गरेको समाचारलाई लिएर पत्रकारहरुलाई धम्की दिइएको घटनामा नेपाल पत्रकार महासंघ हुम्ला शाखाले आपत्ति जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै महासंघले समाचारको विषयलाई लिएर पत्रकारहरुलाई गाली गलौज गर्ने र फोनबाट धम्की दिनेलाई कारबाहीको माग समेत गरेको छ ।

मुख्यमन्त्री शाहीका नजिकका केही व्यक्तिहरुले समाचार लेख्ने पत्रकारलाई समाजिक सञ्जालमार्फत तथानाम गाली गरेको र राति फोनबाट धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू