मोदीलाई भेट्नु अगाडि नै ट्रम्पले उठाए ट्यारिफ मुद्दा, भने,’ ट्यारिफ फिर्ता गर्नुपर्छ’

एजेन्सी-जापानमा आयोजित जी२० समिटमा हुने प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नु अगाडि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफको मुद्दा उठाएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमा उक्त विषयबारे भनेका छन्, ‘पीएम मोदीसँग कुरा गर्न ज्याँदै उत्सुक छु।भर्खरै भारतले अमेरिकामाथि धेरै ट्यारिफमा वृद्धि हुन्छ। यो अस्वीकार्य हो। यसलाई फिर्ता लिनु पर्छ।’
अमेरिका र भारतबीच करीब एक वर्षदेखि यही ट्यारिफलाई लिएर विवाद हुँदै आएको थियो।पहिला अमेरिकाले केही भारतीय प्रडक्ट्समाथि ट्यारिफ बढाएको थियो।त्यसपछि भारतले पनि आफ्नो तर्फबाट ट्यारिफमा बढोत्तरी गर्यो। जसमा चर्चित हार्ले डेविसन बाइक कम्पनी समेत उक्त ट्यारिफमा सहभागि थियो।
ट्रम्पले यसअघि पनि धेरे पटक भारतको ट्यारिफको विषयमा आलोचना गरिसकेका छन्। यसपटक पनि द्विपक्षीय वार्ता हुने समयमा यो विषयलाई उठान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शुक्रबार भेटवार्ता हुँदैछ।
यता, अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको भाररत भ्रमणका बेला दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस.जय शंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलसँग भेटवार्ता भएको थियो।
यसका साथै अमेरिकाले भारतसँग ट्यारिफ मात्रै नभएर इरानसँगको निकटता नबढाउन समेत दबाब दिइरहेका छन्। अमेरिकी विदेशमन्त्रीले इरान आतंक फैलाउने देश भएकाले भारत यसबाट बच्नु पर्ने बताएका थिए।