किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

वीरगञ्ज – किशोरी बलात्कार गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा बाराको निजगढ नगरपालिका वडा नं. ९ भमरा टोल बस्ने  तिर्थ बहादुर सुनारलाई पक्राउ गरेको हो ।

गएको जेठ ७ गते राति आफ्नै घरमा सुती रहेकी १५ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्