२ लाख घुससहित सिँचाइ अधिकारीहरु रंगे हात पक्राउ

साङ्केतिक तस्बिर

धनगढी-कन्चनपुरस्थित सिचाई डिभिजन कार्यालय प्रमुखसहित दुई जनालाई २ लाख घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ।

विहिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा जल स्रोत तथा सिँचाइ विकाश डिभिजन कार्यालयका डिभिजन प्रमुख इन्जिनीयर अजित कुमार श्रीवास्तव र इन्जिनीयर गिरिस्मा ठगुन्नालाई पक्राउ गरेको अख्तियारका प्रबक्ता टोप बहादुर बिष्टले जानकारी दिए।

प्रवक्ता विष्टका अनुसार उनीहरुले भीमदत्त नगरपालिका १९ मा चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिबाट निर्माण भएको तटबन्धको योजनामा भुक्तानी दिने क्रममा घुस लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई रंगे हात पक्राउ गरिएको हो।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्