प्रमुख तालिवानी कमाण्डरद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

अफगानिस्तान-  तालिवानका लागि लडाकु भर्ना गर्ने विभागका प्रमुख मलावी इस्लामुद्दिनले हत्याहिंसामा नलाग्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रहरी कार्यालयहरुमा पुगेर आफ्ना हातहतियारहरु बुझाउँदै आत्मसमर्पण गरेका छन्।

उनी अफगानिस्तान प्रहरीको खोजी सूचीमा रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। उनले अफगानिस्तानको उत्तरी प्रान्त ताखरमा पुगेर प्रहरी कार्यालयमा हात हतियार बुझाएको उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल खलिल असिरले जानकारी दिए।

विज्ञापन

 ती कमाण्डरले तखार प्रान्त र त्यसको छिमेकमा रहेको अर्को कुन्दुज प्रान्तका युवाहरुलाई ठूलो संख्यामा तालिबान संगठनमा भर्ना गर्न भूमिका खेलेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्