करिश्मा ३ जीपीएसहित उत्तीर्ण

काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ३ जीपीए नम्बर सहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन्।

तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो।

यो वर्ष ४ लाख ५० हजार २७५ परिक्षार्थी एसइइ मा सहभागी भएका थिए।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्