बेटी पढाउ बेटी बचाउ कार्यक्रम

प्रदेश-२का छात्राहरुलाई मुख्यमन्त्री राउतद्वारा साइकल वितरण

वीरगञ्ज-प्रदेश नम्बर(२ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई आज साइकल प्रदान गरेका छन्।

जनकपुरधाम स्थित श्री सकल भवन कन्या माविमा कक्षा ८मा अध्ययनरत १ सय १४ जना छात्राहरुलाई मुख्यमन्त्री राउत लगायतका अतिथिहरुले साइकल प्रदान गरेका हुन।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गँदै मुख्यमन्त्री राउतले यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गरेका थिए।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरुलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपक्तिमा राख्ने सोच लिएको बताए।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव महिला शिक्षा विना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेरै प्रदेश सरकारलेएक पछि अर्को कार्यक्रम ल्याउन लागेको बताएका थिए।उनले प्रदेश सरकारले छोरिहरुलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए।

त्यसै गरि समाजिक विकास मन्त्री नवल किशोर साहले छोरीहरुलाई शिक्षा र रोजगारीका साथै आत्म रक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ प्रदेश सरकार अघि बढी रहेको उल्लेख गरे।

प्रदेश सभा सदस्य परमेश्वर साहको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, जयनुल राइन, प्रमिला देवी दास, चमेली देवी दास सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश नम्बर २ भित्रका सामुदायिक विद्यालयहरुको कक्षा ८ मा पढने १४ हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्