अटो ट्याम्पुको ठक्करबाट वृद्धको मृत्यु

फाइल फोटो

मोरङ-मोरङको पथरीशनिश्चरे नगरपालिका–९ स्थित भित्रि सडकखण्डमा आज अटो ट्याम्पुको ठक्करबाट वृद्धको मृत्यु भएको छ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ ह ३६८५ नम्बरको ट्याम्पुले साइकलमा यात्रा गरिरहेका कानेपोखरी गाउँपालिका-६ बस्ने ६० वर्षीय कविचन्द्र बुढाथोकीको मृत्यु भएको हो।

ट्याम्पुको ठक्करबाट गम्भीर घाइते भएका वृद्धको नोबेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए। ठक्कर दिने ट्याम्पु र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्