सुप प्रदेशसभा आज पनि स्थगित

धनगडी : सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार पनि स्थगित भएको छ । यसअघि तीनपटक स्थगित भएर सुरु भएको प्रदेशसभाको बैठक प्रतिपक्षी सासंदले रोष्ट्रम अगाडि नाराबाजी गरेपछि स्थगित बिहीबार पनि स्थगित भएको हो ।

प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारदर्शी नभएको भन्दै विरोध गरिरहेका प्रतिपक्षी प्रदेशसभा सदस्यसँग सदन चलाउन सरकारले बुधबार गरेको छलफल निष्कर्षविहीन भएपछि सभामुख अर्जुनबहादुर थापाले बिहीबार ३ बजेका लागि बैठक राखेका थिए ।

बिहीबार सभाको बैठक शुरु भएको सभामुख थापाले जानकारी गराउना साथ प्रतिपक्षी सांसदले रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेपछि सभामुखले आइबार दिउँसो ३ वजे सम्ममा लागि प्रदेश सभाको बैठक स्थगित गरेका छन् ।

सरकारले प्रस्तुत गरेको बजेटमा असहमति राख्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीसंग बजेटका विषयमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधबार गरेको छलफल निष्कर्षविहिन भएको थियो ।

प्रतिपक्षी दलका तर्फबाट वार्ताको नेतृत्व गरेका प्रदेश सभा सदस्य कर्ण बहादुर मल्लले आफुहरुले उठाएका एजेण्डामा सरकार गम्भीर नभएका कारण छलफल निष्कर्षमा पुग्न नसकेको बताए ।

आर्थिक ममिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आइतबार सदनको बैठक राखिएको आइतबारसम्म प्रतिपक्षीसँग सहमति हुने विश्वास व्यक्त गरे ।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू