४ जिपिए ल्याएकी संरचना भन्छिन्- बाहिरी किताब पनि पढ्छु

संरचना लोहनी

काठमाडौँ- एसईईको बिहीबार सार्वजनिक भएको नतिजामा काठमाडौँकी संरचना लोहनीले ४ जिपिए ल्याएकी छन्। उनी कलंकीस्थित विज्डम इंगलिस एकेडेमीबाट एसईई परीक्षामा सहभागी भएकी थिइन्। उनले सबै विषयमा ए प्लस ल्याएकी छन्।

एसईईमा ४ जिपिए ल्याएपछि हर्षित संरचनाले देशसञ्चारसँग कुरा गर्दै भनिन्, ‘मैले हरेक विषयलाई उत्तिकै समय दिएर पढेकी थिएँ।’ उनी घरमा र स्कुलमा धेरै मेहनत गर्नुका साथै अतिरिक्त अभ्यास पनि गर्थिन्। उनी  पढाइका किताबका अतिरिक्त बाहिरी पुस्तकहरु पनि पढ्ने गर्थिन्।

विज्ञापन

उनलाई पढाइका अतिरिक्त नाच्न र गाउन पनि मन पर्छ। अब उनले फिजिक्स पढ्ने र इन्जिनियरिङ क्षेत्रमा जाने योजना बनाएकी छिन्।

उनको घरमा बुवाआमा, एक दाजु र एक दिदी छन्।

एसईईको बिहीबार सार्वजनिक नतिजामा सहभागी ४ लाख ७५ हजार ३ सय विद्यार्थीहरुमध्ये १ लाख ३३ हजार ९ सय निजीतर्फ र ३ लाख २५ हजार ३ सय ३० सामुदायिकतर्फ पास भएका छन्।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्