भारत २ सय ६८ रनमा सिमित, कोहली र धोनीको अर्धसतक

लन्डन : वेल्स र इङ्ल्यान्डमा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको खेलमा भारतले  वेस्ट इन्डिजलाई दुई सय ६९ रनको लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २ सय ६८ रन जोड्यो।

भारतका कप्तान विराट कोहलीले ७२ र पूर्व कप्तान महेन्द्र सिंह धोनीले ५६ रन जोडे।  धोनीले अन्तिम ओभरमा एक्लैले १६ रन जोडेका थिए। अन्य ब्याट्सम्यानमा केएल राहुलले ४८, रोहित शर्माले १८, विजय शंकरले १४ र केदार जादबले ७ रन जोडे।

वेस्ट इन्डिजका केमार रोचले तीन तथा कट्रेल र  जेसन होल्डरले  समान दुई विकेट लिए। भारतले पहिलो विकेटका लागि २९ र दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेको थियो।

पाँच खेलबाट ९ अंक भएको भारत तेस्रो स्थानमा छ। उसले प्रतियोगितामा एक खेल पनि हारेको छैन। वेस्ट इन्डिजको ६ खेलबाट तीन अंक छ।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्