एकै विद्यालयका सातजना विद्यार्थीले ल्‍याए चार जीपीए

बुटवल-एसईई परीक्षामा रुपन्देहीका आठ जना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन्।

सामुदायिक विद्यालयबाट एक र संस्थागत विद्यालयबाट ७ जनाले चार जिपिए प्राप्त गरेका हुन।

कालिका मानवज्ञानकी सविना सुवेदीले चार जीपीए प्राप्त गरेकी छन्।

बुटवलकै न्यू होराइजन माविका सात जनाले ४ जिपिए प्राप्त गरेका छन्।

होराइजनका प्रिन्सिपल लोकनाथ उपाध्यायका अनुसार विद्यालयका अनुष्का श्रेष्ठ, रोश्ना टण्डन, प्रवेश आचार्य, अपिल चौधरी, क्षितिज डुम्रे, सुयल ज्ञवाली र सोदिक्षा कुवंरले चार जिपिए प्राप्त गरेका छन्।

रुपन्देहीको अर्को सामुदायिक विद्यालय कान्ति माविका अभिषेक कर्ण र एलन रानाले ३ दशमलव ९५ जिपिए प्राप्त गरेका छन्।

कान्तिकै धनिश्वर भण्डारी, लक्ष्मी पौडेल, इशा रेग्मीले ३ दशमलव ९ जिपिए ल्याएका छन्।

त्यस्तै मणिग्रामको शान्ति नमुना माविका दिया पाण्डेको ३ दशमलव ९ जिपिए आएको विद्यालयले जनाएको छ।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्