एक दिवसीय विश्वकप क्रिकेट

वेष्ट इन्डिजमाथि भारतको शानदार जित, सेमिफाइनल पुग्ने सम्भावना बलियो

वेष्ट इन्डिजलाई पराजित गर्दै विराट कोहली कप्तानीको भारत जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ ।

बिहीबारको खेलमा भारतले वेष्ट इन्डिजलाई १२५ रनले पराजित गरेको हो । २६९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ३४ ओभर दुई बलमा सबै विकेट गुमाएर मात्रै १४३ रन बनाउन सक्यो ।

भारतका मोहम्मद शमीले चार विकेट लिए । यस्तै जसप्रीत बुमराह र युजवेन्द्र चहलले दुई–दुई विकेट लिए । वेष्ट इन्डिजका सुनिल अम्ब्सिले ३१ रन बनाए । क्रिस गेलल मात्रै ६ रन बनाएर आउट भए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको भारतले कप्तान विराट कोहली र महेन्द्र सिंह धोनीको अर्धशतकको सहयोगमा सात विकेटको क्षतिमा २६८ रन बनायो । विराटले ७२ तथा धोनीले ५६ रन बनाए । यस्तै केएल राहुलले ४८ तथा हार्दिक पाण्डेयले ४६ रनको योगदान दिए ।

६ खेलमा पाँचौँ जित निकालेको भारतको ११ अंक भएको छ र उ दोस्रो स्थानमा छ । उसले अन्तिम चारमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।

असार १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्