आइफोनका डिजाइनरले छोड्ने भए एप्पल

आइफोनका डिजाइनर सर जोनथन इभले एप्पल छोड्ने भएका छन् । दुई दशक भन्दा बढी समयदेखि कार्यरत सर जोनथनले एप्पललाई विश्वको सबैभन्दा सम्पन्न कम्पनीमा बनाउन सहयोग गरेका थिए ।

अब उनले आफ्नै व्यवसाय सुरु गर्ने तयारी गरेका हुन् । सर जोनथन आइम्याक, आइप्याड र आइफोनका डिजाइनर हुन् । उनले सन् २०१९ को अन्त्यसँगै एप्पल छोड्न भएका हुन् ।

उनले लभफ्रम नामक क्रिएटिभ फर्म खोल्ने भएका हुन् । सन जोनथनको फर्कको प्रमुख ग्राहक एप्पल नै हुनेछ । परिवर्तनको सही र उपयुक्त समय रहेको उनले बताएका छन् ।

असार १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्