प्राइड परेड

सप्तरंगी झण्डाले रंगियो माइतीघर (फोटो फिचर)

काठमाडौँ – विश्वभर अहिले एलजिबिटीक्यु प्लस समुदायले लैंगक तथा यौनिक समानताको पक्षमा प्राइड परेड गरेका छन् ।

एलजिबिटिक्यु प्लस समुयदायको सद्भावको संकेत गर्ने सप्तरंगी झण्डासहित नेपालमा पनि जुन महिनाभर परेड हुँदै आएको छ । अंग्रेजी पात्रो अनुसार जुन महिलाई प्राइड मन्थका रुपमा मनाउने गरिएको छ ।

विज्ञापन

सन् १९६९ को जुन अन्तिमतिर स्टोनवालमा झडप भएको थियो । त्यसपछि एलजिबिटिक्यु प्लस समुदायले विभिन्न परेड  र्‍याली निकाले । त्यसकै सम्झनामा हरेक वर्ष जुन महिनामा विश्वभर एलजिबिटीक्यु प्लस (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, क्वेयर) समुदायको अधिकार पक्ष र उनीहरुमाथि हुँदै आएको विभेदको विपक्षमा प्राइड परेड हुने गरेको छ ।

यसै क्रममा शनिबार नेपाल काठमाडौँमा प्राइड परेड भयो । एलजिबिटीक्यु प्लस समुदायका सदस्यको आयोजना भएको परेडको क्रममा माइतीघर मण्डलाबाट बानेश्वरसम्म सप्तरंगी झण्डासहित सहभागीले प्राइड परेड गरे ।

असार १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्