अफ्रिका कप अफ नेशन फुटबल

तीनै खेलमा गोल रहित बराबरी

इजिप्टमा जारी अफ्रिका कप अफ नेशन फुटबल अन्तर्गत शनिबार राति भएका तीनै खेल गोलरहित बराबरीमा सकिएका छन् । समूह एफ मा रहेको साबिक विजेता क्यामरुनले घानासँग गोलरहित बराबरी खेलेको हो ।

पहिलो खेलमा जित निकालेको क्यामरुन दोस्रो खेलमा बराबरीपछि चार अंकसहित समूहको शीर्षस्थानमा छ । यस्तै दुई अंकसहित घाना तेस्रो स्थानमा छ ।

शनिबार राति नै भएको खेलमा गिनी–बिसाउसँग गोल रहित बराबरी खेलेको बेनिन दुई अंकसहित दोस्रो स्थानमा छ । यस्तै समूह ई अन्तर्गत शनिबार राति नै भएको खेलमा एंगोला र माउरिटानियाले पनि गोल रहित बराबरी खेलेर अंक बाँडेका छन् ।

असार १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्