राष्ट्रिय धान दिवसको अवसरमा आयोजित पोखरामा १६औं असारे महोत्सवमा हलो जोत्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी। तस्बिर-ईश्वर देवकोटा/देश सञ्‍चार
पोखरामा १६औ असारे महोत्सव

पोखरामा मेयर हलो जोत्ने, पर्यटकहरु हिलोमा मस्त! (१० तस्बिरहरु)

खेतको वरिपरि कोही छाता ओढेर बसेका छन् भने कोही ब्‍यानरहरु लिएर। कतै धान दिवस लेखेर ब्‍यानर टाँगिएका छन्। हिलाम्‍मे खेतमा गलामा धानको माला, हातमा लौरी र कालै-कालो एक हल गोरु जोतिरहेका छन् सर्टपाइन्ट लगाएका एक व्‍यक्ति।

उनी अरु कोही नभएर पोखराको महतगौँडामा आयोजित उक्त महोत्सवमा सहभागी पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी हुन्। उनीसँगै तीन चार हलगोरु सँगै जोतिरहेका छन्।

राष्ट्रिय धान दिवसको अवसरमा पोखरामा १६औं असारे महोत्सवमा उनी आफैं रोपाइँमा सरिक भए र बाउसेहरुलाई सघाए।

पोखरामा आयोजित उक्त महोत्सवमा त्‍यहाँ घुम्‍न आएका पर्यटकहरु समेत हिलोमा रमाए।

उनीहरुले नेपाली संस्कृति निक्‍कै उत्साहजनक भएको प्रतिक्रिया दिए।

१६औं असारे महोत्सवका केही झलकहरु: