अभिनेत्री जायरा वसिमले ‘अल्लाहका लागि छोडिन्’ चलचित्र दुनियाँ

बलिउडको सुपरहिट चलचित्र ‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’ जस्ता चलचित्रबाट चर्चित बनेकी बाल कलाकार अभिनेत्री जायरा वसिमले आफ्नो बलिउड यात्राको अन्त्य गरेकी छन्। उनले फेसबुकमा एक लामो पोष्ट गरेर आफूले धर्म र अल्लाहका लागि आफूले यो निर्णय गरेको जानकारी दिएकी हुन्। अचानक जायराले अभिनय यात्रा छोड्ने निर्णय सार्वजनिक गर्दा धेरै अचम्मित भएका छन्। धेरैलाई यो निर्णयले झट्का लागेको छ।

उनको पोष्टको मुख्य अंश

पाँच वर्ष पहिले मैले एउटा निर्णय लिएकी थिएँ, जसमा सधैँको लागि मेरो जीवन बदलिएको थियो। मैले बलिउडमा पाइला राखेँ र यसबाट मलाई अपार लोकप्रियताको लागि ढोका खुल्यो। म दर्शकको लागि आकर्षणको केन्द्र बन्न थालेँ। मेरो सफलतालाई यसरी प्रस्तुत गरियोकी मलाई युवाहरुको लागि रोल मोडल मान्न थालियो।

विज्ञापन

यद्यपी म कहिल्यै पनि यस्तो गर्न चाहँदैनथेँ र यस्तो बन्न चाहँदैनथेँ। खास गरेर सफलता र असफलतालाई लिएर मेरो विचार यस्तो थिएन, जसलाई मैले खोज्न र बुझ्न सुरु गरेकी थिएँ।

आज जब मैले बलिउडमा पाँच वर्ष पूरा गरेँ तब म यो कुरा स्वीकार गर्न चाहन्छु यो पहिचानका साथ, अर्थात म आफ्नो कामसँग वास्तवमा खुसी छैन। लामो समयदेखि म यो महशुस गरिरहेकी छु कि मैले केही अरुनै बन्नको लागि संघर्ष गरीरहेकी छु।

मैले त्यो चिजलाई खोज्न र बुझ्न सुरु गरे जुन चिजको लागि मैले आफ्नो समय, प्रयास र भावनालाई समर्पित गरेकी हुँ। यो नयाँ जीवनशैलीलाई बुझ्दै गर्दा मलाई महशुस भयो कि भलै म यो संसारमा ठीक तरिकाले बसिरहेकी छु तर म यो संसारको लागि बनेकी हैन।

यो क्षेत्रले मलाई धेरै माया, सहयोग र तारिफ गरेको छ तर यसले मलाई भ्रमतर्फ पनि लगिरहेको छ। म चुपचाप र नजानेर आफ्नो इमानभन्दा बाहिर निस्केकी छु।

मैले यस्ताे माहोलमा कामलाई निरन्तरता दिएँ, जसले लगातार मेरो इमानमा दख्खलअन्दाज गरेर धर्मसँगैकाे मेरो बाटो खतरामा आएको छ। मैले बेवास्ता गर्दै अगाडि बढिरहेँ र आफूले आफैलाई आस्वस्थ पारिरहेँ की म जे गरीरहेकी छु, ठीक छ र यसले मलाई केही फरक पारेको छैन। मैले आफ्नो जीवनको सबै क्षमतालाई गुमाए।

क्षमता यस्तो शब्द हो जसको अर्थ मात्र खुसी अथवा आर्शिवादमा मात्र सिमित हुँदैन, यो विचारको स्थिरतामा केन्द्रित हुन्छ। र म यसैको लागि संघर्ष गरीरहेकी छु।

मैले लगातार संघर्ष गरीरहे की मेरो आत्मा र विचारकाे  स्वाभाविक मिलन हाेस् र म आफ्नो इमानलाई स्थिर बनाऊँ। तर म यो काममा नराम्रो तरिकाले असफल भए, एकपल्ट मात्र होइन कयौँ पल्ट। आफ्नो निर्णयलाई दृढ बनाउन मैले जति कोशिस गरेँ, म त्यहिँ भएँ जहाँ म पहिलादेखि नै थिए। तर मैलै म चाँडै नै परिवर्तन हुन्छु भनेर आफैलाई भनिरहेँ।

म लगातार यो कुरालाई टालिरहेँ, आफ्नो आत्माबाट आएको यो विचारमा जुझिरहेँ र छछल्कि रहेँ। मलाई थाहा छ जे गरीरहेकी छु, यो ठीक होइन। तर एक दिन जब सही समय आउँछ तब म यो सबैमा रोक लगाइदिन्छु। यस्तो गर्दै गर्दा म लगातार आफैलाई कमजोर स्थितिमा राखेको हुन्थेँ, जहाँ मेरो शान्ति, मेरो इमान र अल्लाहसँग मेरो सम्बन्धमा नोक्सान पुग्ने माहोलको शिकार बन्न सजिलो थियो।

मूल कुरा नबुझिकन अवस्थालाई हेरीरहेँ र आफ्नो धारणालाई मोडिरहेँ जस्तो म चाहन्थेँ, तर वास्तविकता यो हो, ‘उनीहरुले यस्तै देखे जस्तो त्यो थियो।’

म जोगिएर भाग्ने कोशिस गर्थेँ र अन्तिममा बन्द भएको बाटोमा पुग्थेँ। यो अन्तहीन सिलसिलामा केही थियो जुन कुरा म गुमाईरहेकी थिए। र यसले मलाई प्रताडित बनाइरहेको थियो। जसलाई म बुझिरहेकी थिएँ, तर म सन्तुष्ट भईरहेकी थिइन।

जबसम्म मैले आफ्नो मनलाई अल्लाहको शब्द जोडेर आफ्नो कमजोरीसँग लड्ने र आफ्नो अज्ञानतालाई सही गर्ने निर्णय लिएकी थिइन।

कुरानको महान र अलौकिक ज्ञानमा मलाई शान्ति र सन्तोष मिल्यो, वास्तवमा मनलाई आनन्द त्यो बेलामा हुन्छ जब मानिस आफ्नो इश्वरको बारेमा, उसको गुण, उसको दया र उसको आदर्शको बारेमा बुझ्छ।

मैले आफू स्वयंले आस्तिकतालाई महत्व दिनुको साटो आफ्नो सहायता र मार्गनिर्देशनको लागि अल्लाहको दयामा अझै धेरै भरोसा गर्न शुरु गरेँ।

मैले बुझेँ मेरो धर्मको मूल सिद्धान्तको बारेमा मेरो कम ज्ञान र बदलाव ल्याउने मेरो असमर्थता, यसले मलाई खुसी हुनुको सट्टा आफ्नो देखावटी इच्छालाई बढाउने र सन्तुष्ट गर्नुको नतिजा थियो।

मेरो मन शंका र गल्ति गर्ने जुन रोगबाट पीडित थियो उसलाई मैले चिनेकी थिएँ। हाम्रो मनमा यो रोगले आक्रमण गरीरहेको छ। सन्देह र त्रुटि अनि हवस र इच्छा। यो कुरा कुरानमा उल्लेख गरिएको छ।

अल्लाह भन्छन्, ‘उनको मनमा एक रोग छ, जसलाई मैले अझ धेरै बढाएकी छु।’ मलाई महशुस भयो की यसको उपचार अल्लाहको चरणमा गएपछि मात्र हुन्छ। वास्तवमा जब म बाटो भड्केर  हिडेकी थिएँ, तब अल्लाहले नै मलाई सही बाटो देखाए।

कुरान र पैगम्बरको मार्गदर्शन मेरो निर्णय लिने र तर्क गर्ने कारण बनेका छन् र यसले मेरो जीवनप्रति मेरो हेर्ने दृष्टि र महत्वलाई बदलिदिएको छ।

हाम्रो इच्छा हाम्रो नैतिकताको प्रतिबिम्ब हो। हाम्रो मूल्य हाम्रो आन्तरिक पवित्रताको बाहिरी रुप हो। यस्तै गरी कुरान र सुन्नतले हाम्रो अल्लाहसँगकाे सम्बन्ध र हाम्रो धर्मसँगकाे सम्बन्ध, हाम्रो इच्छा, उद्देश्य र जीवनको महत्वलाई परिभाषित गर्छ।

मैले सफलताको लागि आफ्नो विचार, आफ्नो जीवनको लक्ष्य र महत्वको गहिरो स्रोतलाई लिएर सावधानीपूर्वक प्रश्न गरेँ। सोर्स कोड जसले मेरो धारणालाई प्रभावित बनायो र बेग्लै आयाममा विकसित बनायो।

सफलताको हाम्रो पक्षपाति, भ्रमित, पारम्परिक र खोक्रो जीवन मूल्यसँग सह–सम्बन्ध छैन। हामीलाई किन बनाइएको हो, यसको उद्देश्य बुझ्नु सफलता हो। हामी हाम्रो आत्मालाई धोका दिएर भ्रममा अगाडि बढिरहेका छौँ र यो बिर्सिरहेका छौँ कि हामीलाई किन बनाइएको हो।

यो यात्रा थकाईलाग्दो रहेको छ। लामो समयसम्म म आफैसँग लडी रहेँ, जीवन धेरै नै छोटो छ तर आफैसँग लड्नु धेरै लामो हुन्छ। त्यसैले आज म यो निर्णय सम्म पुगेँ र आधिकारिक तरिकाले यो क्षेत्रसँग छुट्टिएर बस्ने घोषणा गर्दैछु।

यात्राको सफलता तपाईंको पहिलो कदममा निर्भर हुन्छ। मैले सार्वजनिक तरिकाले यस्तो गर्नुको कारण आफ्नो पवित्र छवि निर्माण गर्न हैन, मात्र एउटा नयाँ शुरुवात गर्न चाहन्छु र यसको लागि कमसेकम म यो गर्न सक्छु। आफ्नो इच्छाहरुलाई अगाडि समपर्ण नगर्नुहोस् किनभने इच्छाहरु अनन्त छन् र सधैँ त्यो भन्दा बाहिर निस्कनुस् जे तपाईले पाउनुभएको छ।

– बिबीसी हिन्दीबाट

असार १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू