विराटनगर महानगरका मेयर र उपमेयरले धान रोपे

विराटनगर-१८ स्थित फडानी टोलमा धान रोप्दै महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्की। तस्बिर-अभय कुमार राई/देश सञ्‍चार

मोरङ-राष्ट्रिय धान दिवशको अवसरमा विराटनगर महानगरपालिकाले आइतबार रोपाई कार्यक्रम सम्पन्‍न गरेको छ।

विराटनगर-१८ स्थित फडानी टोलमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरले वडा नम्बर १८ र १९ लाई कृषिको लागि पकेट क्षेत्रको रुपमा प्राथमिकतामा राखेको बताए।

मेयर पराजुलीले दुवै वडामा ५ हजार हेक्टर बढी कृषि योग्य भूमि भएकाले त्यसलाई व्यवस्थित गरेर कृषि परियोजना संचालनमा ल्याउन महानगरपालिकाले तयारी शुरु जानकारी दिए।

कार्यक्रममा सहभागी महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले महानगरभित्रका उब्जाउ जमिनलाई बाँझो नराख्‍न र त्यस्ता जमिनमा केहि न केहि उत्पानदन मुलक कृषिवाली लगाउन आग्रह गरेकी थिइन्।

बाजागाजासहित धान रोपाई सुरु गरिएको कार्यक्रममा महानगरका मेयर पराजुलीसहित प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी, वडा नम्बर १८ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, सन्जयकुमार साह, विराटनगर महानगर कृर्षि शाखा प्रमुख खगेश्वर तिम्सिना लगायतले धान रोपाइमा सहभगी भएका थिए।

सो अवसरमा विराटनगर महानगरका किसानहरुले गुणस्तरिय विउविजन साथै मलखाद्य समयमा नपाउने र किटनाषक औषधिको समेत अभाव रहेको गुनासो गरेका थिए।

असार १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्