पक्षघातभित्रै लक्ष्मीले खोजेको साहस

पक्षघातभित्रै लक्ष्मीले खोजेको साहस

काठमाडौँ– अनपेक्षित संकट आइलाग्दा ‘मर्नुको विकल्प छैन’ भन्ने सोच आउँछ। तर धैर्य, विवेक र उचित प्रयासका साथ अघि बढ्दा त्यही संकट अवसरको रुपमा परिवर्तित बन्छ। र, त्यही स्थिति गर्वको विषय बन्छ। लक्ष्मी कुँवर त्यस्तै परिस्थिति र संघर्षकी उपज हुन्।

रुखबाट खसेर बजारिदा ढाड भाँचिएपछि दुवै खुट्टा एकाएक नचल्ने भए। केही समयका लागि जीवनको अर्थ र सान्दर्भिकता सकिए जस्तै लाग्यो। पुकार गरिन्,‘मलाई मृत्यु देऊ भगवान।’

विज्ञापन

तर त्यसको १२ वर्षपछि आफ्नो कारण विदेशमा देशको झण्डा उपयुक्त र उचाईमा फहराउँदा, आफ्ना कारणले आफू जस्तै अरुको दिनचर्या सहज भइदिँदा र मृत्यु नजिक पुगेकाहरु जीवनको गोरेटोमा फर्कन चाँहदा आफूमा अपाङ्गता भएकोमा चिन्ता गर्नु पर्ने कारण देख्दिनन् उनी।  बरु गर्व नै गर्छिन् त्यसमा।

उनको संघर्षको कथा समेटिएको यो भिडियो रिपोर्ट:

असार १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू