
शीर्ष बरियताका नोभाक जोकोविचले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् । साबिक विजेता जोकोविचले सेन्टर कोर्टमा भएको पहिलो चरणको खेलमा फिलिप कोह्ल्साएबरलाई पराजित गरेका हुन् ।
३२ वर्षका सर्बियन जोकोविचले जर्मन फिलिपलाई ६–३, ७–५ र ६–३ को सोझो सेटमा पराजित गरेका हुन् । जोकोविच समग्रमा १६ औँ ग्राण्डसलाम तथा पाँचौँ विम्बल्डन टेनिसको उपाधि जित्ने लक्ष्यमा छन् ।
दोस्रो चरणमा उनले अमेरिकाका डेनिस कुड्लासँग प्रतिस्पर्धा गर्ने छन् । डेनिसले ट्युनिसियाका कालेक जाजिरीलाई पराजित गरेर दोस्रो चरणमा स्थान बनाएका हुन् ।
यसैबिच पुरुष एक तर्फकै खेलमा छैटौँ बरियताका एलेक्जान्डर स्वेरेव र सातौँ बरियताका स्टेफानोसा ट्सिपास पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका छन् ।
भविष्यका स्टार ठानिएका दुवै खेलाडी पहिलो चरणबाटै बाहिरिएका हुन् । २२ वर्षका जर्मन स्वेरेवलाई जिरी वेसिली तथा २० वर्षका ग्रिक स्टेफानोसलाई थोमस फाबिएनोले पराजित गरेका हुन् ।
यस्तै चौथो बरियताका केविन एन्डर्सन र स्टानिसलास वावरिन्कासहितका खेलाडीले अघिल्लो चरणमा स्थान बनाएका छन् ।