अफ्रिका कप अफ नेशन फुटबल

घाना र माली समूह विजेता, क्यामरुन र ट्युनिसियाले पनि पक्का गरे अन्तिम १६ मा स्थान

घाना समूह विजेताका रुपमा अफ्रिका कप अफ नेशन फुटबलको अन्तिम १६ मा पुगेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा गिनी–बिसाउलाई २–० ले पराजित गर्दै घाना समूह एफको विजेता बनेको हो ।

घानाको जितमा जोर्डन आयु र थोमस पार्टीले गोल गरे । आयुले ४६ र पार्टीले ७२ औँ मिनेटमा गोल गरेका हुन् । साबिक विजेता क्यामरुन बेनिनसँग गोलरहित बराबरीमा रोकिएकाले घाना समूह विजेता बनेको हो ।

घाना र क्यामरुनको समान पाँच अंक भयो । तर गोल अन्तरका आधारमा क्यामरुनलाई समूह उपविजेतामा सीमित गर्दै घाना समूह विजेता बनेको हो ।

यस्तै माली समूह ई को विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । मंगलबार राति भएको खेलमा मालीले एंगोलालाई १–० ले पराजत गरेको हो । मालीको जितमा ३७ औँ मिनेटमा एमाडोउ हैडाराले गरेको गोल नै निर्णायक बन्यो । मालीको सात अंक भयो ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा माउरिटानियासँग गोल रहित बराबरीमा रोकिएर पनि ट्युनिसिया तीन अंकसहित समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।

असार १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्