पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक मध्य रातदेखि सुचारु

काठमाडौँ – पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु भएको छ । मंगलबार राति साढे ९ बजे झरीका कारण नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना– ६ स्थित चार किलोमा पहिरो खसेको थियो ।

पहिरो राति नै हटाएर बाटो सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मध्य रात १२ बजेदेखि बाटो सुचारु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

चार किलोमा एक तर्फी रुपमा बाटो सञ्चालनमा आएको छ । यस्तै जलविरेको पहिरो पन्छाएर त्यहाँ भने बाटो पूर्णरुपमा खुलेको जनाइएको छ ।

असार १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्