मध्यपुरथिमिको विशेष नगरसभा बैठक बस्दै

भक्तपुर – मध्यपुरथिमि नगरपालिकाको विशेष नगरसभा बुधबार बस्दैछ । नेपाली काङ्ग्रेसबाट निर्वाचित उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित ३५ जनाले लिखित रूपमा माग गरेबमोजिम विशेष नगरसभा बैठक बस्न लागेको हो ।

उपप्रमुख श्रेष्ठसहितका जनप्रतिनिधिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा (१९) को उपदफा (३) र ३ नं. प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम नगरका विभिन्न पाँच विषयमा छलफल गर्न आवश्यक भएको भन्दै विशेष नगरसभा बोलाउन माग गरेका थिए । सो अनुसार बुधबार विशेष नगरसभा बैठक बस्न लागेको नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष राम थापामगरले बताए ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठले गरेको आर्थिक कारोवार, तोक, आदेश र टिप्पणीका आधारमा फाइल उठाइ सञ्चालन गरेका योजनाको स्वीकृित सम्बन्धमा नगरसभाबाट छानबिन गरी प्रतिवेदन पेश गर्ने, प्रचलित ऐन नियम र अन्य कानून विपरीत कमेरोटार जग्गा एकीकरण आयोजनामा आयोजना प्रमुख नियुक्त गरेको सम्बन्धमा र नगरपालिकाका लागि आवश्यक ऐन नियम तथा कानून निर्माण सम्बन्धमा आवश्यक छलफल हुने बताइएको छ ।

असार १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्