दक्षिण अमेरिकामा दुर्लभ पूर्ण सूर्य ग्रहण

दक्षिण अमेरिकी क्षेत्रमा दुर्लभ खग्रास सूय ग्रहण लागेको छ । मंगलबार दक्षिण अमेरिकी क्षेत्रबाट खग्रास सूर्य ग्रहण देखिएको हो । प्यासिफिक क्षेत्रबाट सुरु भएको ग्रहण चिले र अर्जेन्टिनाबाट स्पष्ट रुपमा देखिएको हो ।

यो सूय ग्रहण दक्षिण अमेरिकी क्षेत्रको आकाशमा रहेका विश्वका शक्तिशाली टेलिस्कोप हुँदै गएको हो । ग्रहणका बेला सतर्कता अपनाउन भनिएको थियो ।

नांगो आँखाले हेर्दा ज्योती गुम्ने भएकाले सनग्लास प्रयोग गर्न भनिएको थियो । हजारौँ मानिसले दुर्लभ सूर्य ग्रहणको अवलोकन गरेका छन् । ग्रहणका बेला सूर्य पूर्ण रुपमा ढाकिएको हो ।

सूर्य ग्रहणका कारण पेरु, इक्वेडर, पाराग्वे, बोलिभिया, उरुग्वे, कोलम्बिया, ब्राजिल, भेनेजुएला र पानामा केही क्षेत्रमा पनि अँध्यारो भएको जनाइएको छ ।

असार १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्