विश्वकप क्रिकेटमा इंग्ल्याण्डले न्यूजिल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोज्यो

एजेन्सी– १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आयोजक इंग्ल्याण्डले न्यूजिल्याण्डविरुद्धको खेलमा टस जितेर ब्याटिङ रोजेको छ।

जारी विश्वकपमा आठ खेलमध्ये पाँचमा जित हात पारेको न्यूजिल्याण्ड ११ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। उसले एक खेलमा हार ब्यहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो।

आठ खेलबाट १० अंक जोडेको आयोजक इंग्ल्याण्ड भने अंकतालिकाको चौथो स्थानमा छ। इंग्ल्याण्डले आठ खेलमध्ये पाँचमा खेलमा जित र तीन खेलमा हार व्यहोरेको थियो।

सेमिफाइनलमा स्थान बनाउनका लागि दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ।

असार १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्