मकवानपुरमा एक वर्षमा १३५ पुरुषद्वारा सम्बन्ध-विच्छेदकाे मुद्दा दायर

हेटौँडा– यस वर्ष मकवानपुर जिल्ला अदालतमा १ सय ३५ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका छन्।

चालू आर्थिक वर्षको भदौदेखि जेठ महिनासम्म सम्बन्धविच्छेदका लागि ५ सय ७७ वटा मुद्दा दायर भएकामा पुरुषको सङ्ख्या १ सय ३५ पुगेको उक्त अदालतले जनाएको हो।

विज्ञापन

अदालतका श्रेस्तेदार केशवकुमार कौशिकाक अनुसार गत भदौ १ गतेदेखि जारी नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था गरेको थियो।

प्राप्त विवरणअनुसार २०७४/२०७५ मा ४ सय ७५ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकामा यसवर्ष १ सय ६४ मुद्दा थप भएको हो। यस वर्षको दर्तामध्ये १ सय ९४ वटा मुद्दा फछर््यौट भइसकेको र अन्य प्रक्रियामा रहेको बताइएको छ।

पारिवारिक कलह र भौतिकवादी चाहनाले सम्बन्धविच्छेदका घटना बढेको र यसबाट सामाजिक एवं पारिवारिक रुपमा नकारात्मक असर पारेको हेटौँडा–४ का बुद्धिजीवी रामप्रसाद आचार्यले बताए।

असार १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्