कस्तो व्‍यक्तिले रक्तदान गर्नु हुँदैन ? भ्रम र यथार्थहरु

एजेन्सी-संसारभर नै मानिसहरु हरेक ठाउँमा रक्तदान गरिरहेका हुन्छन्। रक्तदान गर्नका लागि मानिसमा जागरुकता फैलाइएको हुन्छ। उनीहरुलाई सधैं रक्तदान गर्नका लागि प्रोत्साहित समेत गरिन्छ।

त्यसैगरी, रक्तदान गर्नका लागि केही नियमहरुको पालना गर्नु पर्दछ। तर मानिसहरुका बिच रक्तदानसँग सम्बन्धीत मिथकका केही आधा–अधुरा सत्य उनीहरुले मान्दै आइरहेका छन्।

शाकाहारी मानिसहरु रक्तदान गर्न सक्दैनन् 

एक सर्वेक्षणका अनुसार धेरै शाकाहारी मानिसले रक्तदान गर्नु हुदैन भन्ने सोच राख्दछन्। रक्तदान गर्दा आइरनको कमी हुने गर्दछ। आइरन रगतमा पाइने एक प्रमुख तत्व हो। जो शाकाहारी खानेकुराहरुमा कम पाइने गर्दछ। तर जबसम्म मानिसहरु सन्तुलित खानेकुराहरु खाने गर्दछन् तबसम्म प्रयाप्त मात्रमा आइरन पाइने गर्दछ।

यदि कुनै पनि व्यक्तिको शरीरमा समुचित आइरन नभएको खण्डमा उक्त व्यक्तिको सुरक्षालाई ध्यानमा राख्दै रक्तदान गर्न दिइदैन। धेरै देशहरुमा रक्तदान गर्ने कुनै पनि व्यक्तिको रगतमा हेमोग्लोबिनको मात्रा चेकजाँच गर्ने गरिन्छ। यदि हेमोग्लोबिनको मात्रा कमी भएको खण्डमा उक्त व्यक्तिलाई रक्तदान गर्नका लागि अयोग्य ठहर गरिन्छ।

ट्याटु बनाउने र अङ्ग खोप्नेहरुमा रक्तदानप्रति प्रतिबन्ध? !

ट्याटु बनाउने वा अङ्ग खोप्ने व्यक्तिहरु रक्तदान गर्नका लागि कुनै प्रतिबन्ध लगाइएको हुँदैन तर उनीहरुले केही समय भने कुर्नु पर्ने हुन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार रक्तदानका लागि ट्याटु खोपाएको ६ घण्टा वा कुनै पनि वस्तुले अङ्गहरु खोपाइएको छ भने १२ घण्टा पर्खन जरुरी हुन्छ।

बिरामी, गर्भवती महिलाले रक्तदान गर्नुहुँदैन

कुनै पनि बिरामी वा गर्भवती महिलाले रक्तदान गर्न नसक्ने कुरा एकदमै सही हो। जो व्यक्तिमा एचआइएभी, एड्स, हेपाटाइटिस, सिफलिस देखिएको खण्डमा त्यस्ता व्यक्तिहरुले रक्तदान गर्न सक्दैनन्।

रक्तदान गर्नु भन्दा १४ दिन पहिला नै रक्तदान गर्ने व्यक्तिहरु त्यूता संक्रमणबाट मुक्त हुन अत्यन्तै जरुरी हुन्छ। यदि कसैले कुनै पनि प्रकारको औषधि प्रयोग गरिरहेको छ भने पनि रक्तदान गर्नु भन्दा ७ दिन पहिला नै त्यस्ता औषधिहरु बन्द गर्नु पर्ने हुन्छ। औषधिसँग जोडिएको नियम भने प्रत्येक क्षणमा लागु हुने गर्दछ।

यद्यपी कोही गर्भवती छ। स्तनपान गराइरहेको छ वा भर्खरै मात्र बच्चा पाएको छ भने त्यस्ता महिलाले रक्तदान गर्नुभन्दा पहिला आइरन जाँच गर्न जरुरी हुन्छ। जसका लागि उनीहरुले केही समय कुर्नु पर्ने हुन्छ।

भारत सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्‍चालित विभाग राष्ट्रिय एड्स नियन्त्रण संगठन नाकोका अनुसार गर्भवती भएको समयमा १२ महिनासम्म वा गर्भपतन गराएको ६ महिनासम्म कुर्नुपर्दछ।

नाकोका अनुसार भारतमा रक्तदान गर्नका लागि १८ वर्ष उमेर हद बन्धी तोकीएको छ। त्यसैगरी विभिन्न देश अनुसार रक्तदान गर्नेहरुको उमेर फरक–फरक छ। अमेरिकामा भने १६ वर्षमा रक्तदान गर्न सकिन्छ।

कसरी हुन्छ जोखिम गतिविधि ?

विश्व स्वास्थ्य संगठनका अनुसार मानिसका गतिविधिले रक्तदानका मर्यादालाई उच्च जोखिममा राखिएको छ। यस्तै केही जोखिम कुराहरुले मानिसलाई रक्तदान गर्नबाट रोक लगाएको छ। विश्‍व स्वास्थ्य संगठनले यस्तो वर्गमा भने पौन कर्मी र एक आपसमा यौन सम्र्पक राख्ने पुरुषहरुलाई राखेको छ।

तर रक्तदान गर्ने समयमा सबै भन्दा महत्वपूर्ण कुरा के भने रक्तदान गर्ने समयमा प्रयोग गरिएका सुईहरुको प्रयोग फेरी अर्को पटक गर्नु हुदैन।

रक्तदान गरेपछि शरीरमा रगतको मात्र कम हुन्छ रक्तदान गरेपछि शरीरमा रगत कम हुने कुरा एकदमै गलत हो। एक सामान्य उमेरका मानिसमा लगभग पाँच लिटर रगत हुने गर्दछ। यद्यपी शरीरको तौल अनुसार पनि रगतको मात्र कति छ भन्ने कुरामा निर्भर हुन्छ।

उस्तै रक्तदानका क्रममा लगभग ४ सय ५० मिलीटिर रगत रक्तदान गर्ने व्यक्तिको शरीरबाट निकालिन्छ। जुन रगत रक्तदान गर्ने व्यक्तिले २४ घण्टा भित्रमा उत्पादन गर्न सक्दछ।

अमेरीकामा एक वर्षमा १२ पटकसम्म रक्तदान गर्न सकिन्छ। अर्थात प्रत्येक चार हप्तामा एक पटक गर्न सकिन्छ। तर भरातमा भने पुरुषले तीन महिनामा एक पटक र महिलाले चार महिनामा एक पटक रक्तदान गर्न सक्छन्।

के तपाई रक्तदान गर्नका लागि योग्य हुनुहुन्छ
– तपाई पूर्णरुममा सहमत हुनुहुन्छ।
– तपाईको तौल कममा पनि ५० किलो र बढीमा १६० किलो हुनु पर्दछ।
– तपाईको उमेर १८ वर्षदेखि ६६ वर्षसम्मको हुनु पर्दछ।
– गर्भवती वा स्तनपान गराइरहेको हुनु हुदैन।
– एचआभी संक्रमित हुनु हुदैन।

बीबीसीको सहयोगमा

असार १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्