ओठ सिलाएर बिरोध प्रदर्शन

अफागानिस्तानमा गएको वर्ष भएको चुनावमा धाँधली भएको भन्दै राजधानी काबुलमा केही उम्मेदवार महिलाहरु आन्दोलन गरिरहेका छन् । उनीहरुले चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति भवनको छेउमा आफ्नो ओठ सिलाएर बिरोध गरिरहेका छन्।

अफगानिस्तानका केही प्रान्तका यी महिला उम्मेदवार गएको वर्षको अक्टुबरमा भएको संसदीय चुनावमा हारेका थिए। उम्मेदवार डीवा नयाजीले मंगलबार र आफ्ना पाँच महिला साथीसहित ओठ सिलाएर प्रर्दशन गरेका हुन् ।

बिबिसीसँग कुरा गर्दै डीवाले यो उनको बेबसी और प्रताडानको अन्तिम हो किनकी सरकार लाटो र बहिरो छ।

बेतलब भएका यी महिलाहरु पछिललो तीन महिनादेखि प्रदर्शन गरिरहेका छन्। यस्ता महिलाको आरोप छ कि पछिल्लो वर्ष भएको संसदीय चुनावमा महिला उम्मेदवारसँग धाँधली भएको र उनीहरुको ठाउँमा जो संसदमा पुगेका छन् उनीहरु नातागोता तथा अन्य दवावका कारण चुनावी नतिजा बदलिएको थियो।

नेहाले भनिन्, ‘हामी अफगानिस्तानी महिला पछिल्लो तीन महिनादेखि धर्नामा छौँ, तर राष्ट्रिपतिसँग हाम्रो हाल बुझ्नका लागि तीन मिनेट समेत छैन।’ नेहाले आफूहरुले मरुन्जेलसम्म पनि प्रदर्शन गर्ने बताएकी छन्।

धर्नामा बसिरहेकी अर्की महिलाले उम्मेदवार नजीबा फैज हेलमन्दिले बिबिसीसँग कुरा गर्दै भनिन्, ‘मंगलबार बिहान मेरो अनुरोधमा मेरा डाक्टर साथिले हाम्रो ओठ सिलाइदिएकी हुन्।’

नजीबाले आफ्ना नौजना साथीहरुले अनसन सुरु गरेको बताएकी छन्। उनका अनुसार आन्दोलित महिलाले सरकारसँग आरोपीको जाँच गर्नका लागि एक कमिटी गठन गर्न माग गरेका छन्।

त्यस्तै अर्की महिला उम्मेदवार डा. जान्हिदा फैजानले भनिन्, ‘हामी यहाँ तीन महिनादेखि धर्नामा छौँ, यो भन्दा अगाडि हड्ताल गरिरहँदा राष्ट्रिपतिका सल्लाहकार हमदुल्लाह मुहारीले हामीलाई भेटेर अनसन तोड्न आग्रह गर्दै माग पूरा हुने आश्वासन समेत दिएका थिए। तर २५ दिन बित्दा सम्म पनि सरकारले कुनै चासो नदेखाएपछि हामी फेरि आन्दोलित हुन बाध्य भएका हौँ।’

धर्नामा बसिरहेका महिलाहरुले विरोधका लागि उनीहरुले धेरै उपायहरु अपनाइसकेको बताएका छन्। उनीहरुले इदको दिन कफन लगाएर विरोध प्रदर्शन समेत गरेका थिए। तर पनि आफ्नो कुरा सराकारले नसुनेको उनीहरुले आरोप लगाएका छन्।

अर्को तर्फ चुनाव आयोग र अफगानिस्तान सरकारले आन्दोलिन महिलाहरुको आरोप खारेज गर्दै चुनाव निष्पक्ष भएको भन्दै उक्त महिलाहरुले आ–आफ्नो क्षेत्रमा चुनाव हारेको बताएको छ।

असार १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्