‘देवल’ कविता संग्रह लिएर आए कवि सूर्य चापागाईँ

काठमाडौँ – बाल्यकालदेखि नै साहित्यमा रुची राख्दै आएका सूर्य चापागाईँ कविता संग्रहसहित नेपाली साहित्यमा औपचारिक रुपमा प्रवेश गरेका छन् । चापागाईको कविता संग्रह देवल गएको शनिबार सार्वजनिक भएको हो ।

आफूले बाल्यकालदेखि अहिलेसम्म लेखेका प्रतिनिधि कविताहरु छनौट गरेर संग्रह प्रकाशन गरेको चापागाईँले बताए । ‘यो संग्रहमा मेरा प्रतिनिधि कविताहरु छन्, सबैको प्रतिक्रिया पाउने अपेक्षासहित संग्रह निकालेको हुँ’ कवि चापागाईँले भनेका छन् ।

अभिलेख प्रकाशनले प्रकाशन गरेको संग्रहमा ३७ वटा कविता रहेका छन् । आफू कविताको विद्यार्थी रहेको र सिक्ने क्रम जारी रहेकाले अग्रजबाट प्रतिक्रियाको अपेक्षा रहेको कवि चापागाईँले बताएका छन् ।

शिक्षण पेशामा रहेका चापागाईँले कविता संग्रहमा आफ्नो बाल्यकाल बितेको धनकुटाको चौबिसे क्षेत्रको परिवेश पनि उतार्ने प्रयास गरेको उल्लेख गरेका छन् ।

असार १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्