भ्रष्टाचार काण्डमा पूर्वआइजिपी चन्दलाई जेल चलान गर्ने तयारी

रमेश चन्द ठकुरी।

काठमाडौँ- चर्चित सुडान घोटाल कान्डमा दोषी ठहर भएका पूर्व प्रहरी महानिरीक्षक- आइजिपी रमेश चन्द ठकुरीलाई जेल चलान गर्ने तयारी भइरहेको छ। उनलाई बिहीबार साँझ डिल्लीबजार कारागार चलानको तयारी भइरहेको स्रोतले जानकारी दियो।

सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदनसहित चन्दले आत्मसमर्पण गरेका थिए। तर अदालतले पुनरावलोकन गर्न अस्वीकार गरेपछि उनी जेल चलान हुने भएका हुन्। चन्दलाई सर्वोच्च अदालतले एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडानको शान्ति मिसनका लागि सामान खरिद गर्नेक्रममा घोटाला गरेको दावीसहित चन्दविरुद्ध विषेश अदालतमा मुद्धा दायर गरेको थियो। भ्रष्टाचार काण्डमा दोषी ठहर भएपछि उनी आइजिपी भएकै क्रममा निलम्बनमा परेका थिए।

असार १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्