उद्धार गरिएका बालबालिकालाई अविभावकको जिम्मा लगाइयाे

सिमकोट– राम्रो पढाउने प्रलोभनमा हुम्लाबाट काठमाडौँ लगिएका बाह्र जना बालबालिकालाई जिल्ला प्रशासनमार्फत उद्धार गर्ने निकायले बालबालिकालाई अविभावकको जिम्मा लगाएको छ।

गत पुसमा हुम्लाबाट काठमाडौँका लगिएका बालबालिकाहरु नाजुक अवस्थामा डेढ महिना अगाडी उद्धार गरि आफ्नै होममा राखेर उपचार गरि हाल आएर काठमाडौँबाट फिर्ता ल्याएर अविभावकको जिम्मा लगाएको हो।

अविभावकसँग तीस हजारदेखि एक लाख रुपैयाँसम्म  लिएर काठमाडाैँमा राम्रोसँग पढाई दिने प्रलोभनमा गत पुसमा हुम्ला जिल्लाबाट बालबालिका लगिएका हुन्।

काठमाडौँको ऐश्वर्य बालगृहबाट १ सय २५ जना बालबालिकालाई बिजोग अवस्थामा उद्धार गरिएपछि हुम्लाका बाह्र जना बालबालिका साझा सवाल लागि साझा मञ्चले जिम्मा लिएर औषधी उपचारदेखि पालन पोषणको व्यवस्था गरिएको मञ्चका कार्यक्रम संयोजक बासु फुँयालले बताए।

जेठ एक गतेदेखि असार १७ गतेसम्म आफ्नै होममा राखेर असार १८ गते नेपालगञ्ज र १९ गते हवाईजहाजबाट हुम्ला ल्याएर बालबालिकालाई शैक्षिक सामाग्रीसहित प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालमार्फत अविभावकको जिम्मा लगाएको उनले बताए। हुम्ला जिल्लाको सिमकोट गाउँपालिका घर भएका सात जना बालिका र पाँच जना बालक रहेका छन्।

संस्थाले शैक्षिक सामाग्री सहित बालबालिकालाई जिम्मा लगाएको थियो। यसरी प्रलोभनमा परी आफ्ना बालबालिकाहरुलाई जिल्ला बाहिर नपठाउन प्रजिअ ढकालले आग्रह गरेका छन्। आफ्ना अविभावकसँग जान पाउदा केही बालिकाहरु रुँदै थिए।

यसअघि पनि सोही बाल गृहबाट उद्धार गरिएका २४ जनामा १८ जना बालबालिकाहरुको हिमाली नविन समाजले काठमाडौँबाट हुम्ला ल्याएर अविभावकको जिम्मा लगाएको थियो।

असार १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्