
सांकेतिक तस्बिर
काठमाडौँ– प्रहरीले स्कुटर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौँ महानगरपालिका–२७ ठमेलबाट उनीहरुलाई बिहीबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ नयाँ बानेश्वर बस्ने इलाम नगरपालिका–४ का २३ वर्षीय अरुण श्रेष्ठ, सङ्खुवासभाको खाँदबारी नगरपालिका–१२ का धिरेन कटुवाल र काठमाडौँ महानगरपालिका–३२ का २१ वर्षीय अनुप तिवारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले तीनै जनालाई स्कुटर चोरेर लैजान लागेको अवस्थामा पक्राउ गरेको हो।