एक दिवसीय विश्वकप क्रिकेट

सेमिफाइनलमा को सँग भिड्नेछ भारत? यस्तो छ समिकरण

इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लागिसकेको छ । भारत, अष्ट्रेलिया र आयोजक इंग्ल्याण्ड सेमिफाइनल पुगिसकेका छन् ।

अब सेमिफाइनलमा पुग्ने एक स्थानका लागि न्युजिल्याण्ड र पाकिस्तान दौडमा छन्। अष्ट्रेलिया शीर्ष स्थानमा रहँदा भारत दोस्रो र इंग्ल्याण्ड तेस्रो स्थानमा छन् ।

११ अंक रहेको न्युजिल्याण्डको पनि सेमिफाइनलमा स्थान लगभग पक्का छ तर उसले शुत्रmबार पाकिस्तान र बंगलादेशबीच् हुने खेलमा नजर राख्नु पर्नेछ ।

पाकिस्तानको ८ खेलबाट ९ अंक छ । यदि बंगलादेशलाई हराएमा पाकिस्तानको पनि ११ अंक हुनेछ । तर नेट रन रेटमा न्युजिल्याण्ड पाकिस्तान भन्दा अगाडि छ । पाकिस्तानले अन्तिम चारमा स्थान बनाउन बंगलादेशविरुद्ध ठूलो अन्तरको जित निकाल्नु पर्नेछ ।

त्यसकारण न्युजिल्याण्डले अन्तिम चारमा आफ्नो स्थान लगभग पक्का मानेको छ । अन्तिम चारमा रहने टिमको टुंगो लागेपछि विश्वकपको वास्तविक लडाइ सुरु हुने प्रतिक्षा छ ।

सेमिफाइनलको यो लडाइ यस कारण पनि महत्वपूर्ण छ कि यहाँ एक हार सिधै विश्वकपबाट बाहिर तुल्याउनेछ । सेमिफाइनलमा कुन टिम को सँग खेल्नेछन् त्यसको पनि महत्व छ ।

अन्तिम चारमा को टिम सबैभन्दा माथि हुन्छ उसले चौथो नम्बरको टिमसँग खेल्नुपर्छ नम्बर दुई र नम्बर तीनमा रहेको टिमको आपसमा भिडन्त हुन्छ । अंकतालिकामा नजर लगाउने हो भने अष्ट्रेलिया पहिलो भारत दोस्रो र इंग्ल्याण्ड तेस्रो र न्युजिल्याण्ड चौथो नम्बरमा छन् ।

यदि अंकतालिकाको शीर्ष चारमा रहेका टिमबीच कुनै परिवर्तन नभए भारतको सामना इंग्ल्याण्डसँग हुनेछ । दोस्रो सेमिफाइनल अष्ट्रेलिया र न्युजिल्याण्डबीच हुनेछ । यो समीकरण भरातका लागि फाइनलमा पुग्न असहज हुन सक्छ किनभने जारी प्रतियोगितामा भारतले एक मात्रै हारको सामना इंग्ल्याण्डसँग गर्नु परेको थियो ।

यदि भारत आफ्नो अन्तिम खेल श्रीलंकासँग जित्नेछ र अष्ट्रेलिया दक्षिण अफ्रिकासँग हार्नेछ भने समिकरण फेरिन सक्छ । र यदि यस्तो भइहाल्यो भने भारतले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ ।

विश्वकपको पहिलो सेमिफाइनल जुलाई ९ मा हुनेछ ।

असार २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्