घर भित्रै मृत फेला पर्यो पूरा परिवार, मुखमा कालो टेप!

भारतको गाजियावादमा एक परिवारका पाँच सदस्यको घरभित्रै रहस्यमय मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान न्यू शताब्दीपुरको एक घरमा एक पुरुष र उनका तीन छोराछोरीको शव भेटिएको छ । चारैजनाको मुखमा कालो टेप चप्काइएको छ ।

गम्भीर घाइते अवस्थामा भेटिएकी उनकी श्रीमतीलाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार यो आत्महत्याको घटना हो।

घटनास्थलमा एक सुसाइड नोट पनि भेटिएको छ । तीन बालबालिकाको उमेर ८, ५ र ३ वर्ष छ । आत्महत्याको कारण प्रष्ट भएको छैन । सुसाइड नोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

असार २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्