काठमाडौँमा स्पाइडर ‘म्यान प्रिमियर’ (फोटो फिचर)

काठमाडौँ– प्रदर्शनको पूर्वसन्ध्यामा हलिउड चलचित्र ‘स्पाइडर म्यान – फार फ्रम होम’को प्रिमियर काठमाण्डौँमा गरिएको छ। सेलेव्रिटी, व्यवसायी, मिडिया र फ्यान सहभागि प्रिमियरलाई सोनी पिक्चर्स र एप्पल इन्टरटेनमेन्टले आयोजना गरेका थिए ।

जोन वाट्स निर्देशित सुपरहिरो फिल्म शुक्रबारदेखि नेपाली हलहरुमा रिलिज भएको छ। ‘एभेन्जर्स – एन्ड गेम’ को कारणले पनि स्पाइडर म्यानको नयाँ श्रृंखला प्रतीक्षित थियो ।

विज्ञापन

टम हल्यान्ड, स्यामुअल एल ज्याक्सन, जेनेड्या, ज्याक गिलेनहाल अभिनित फिल्म मार्भल सिनेम्याटिक युनिभर्सको २३ औं सिनेमा हो । पश्चिमा क्रिटिक्सले यसलाई सन्तुष्टि दिलाउने सिक्वेल र रमाइलो खुराक भन्दै प्रशंसा गरेका छन् ।

प्रिमियरमा समेत मार्भलले उपलब्ध गराएको कस्ट्युममा एप्पलले स्पाइडर म्यान प्रस्तुत गरेको थियो ।

असार २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्