पर्सा र बाराका १८ स्थानीय तह अझै खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन सकेन

वीरगञ्‍ज-पर्सा र बाराका सदरमुकामसहित १८ वटा स्थानीय तहहरु अहिलेसम्म पनि खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको छ।

पर्साको सदरमुकाम बिरगञ्ज महानगरपालिका र बाराको सदरमुकाम कलैयासहित दुवै जिल्लाका गरि १८ वटा स्थानीय तहहरु अहिलेसम्म पनि खुल्ला दिशामुक्त हुन बाँकी रहेको बारा र पर्सा जिल्ला कार्यक्षेत्र रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैयाले जनाएको छ।

पर्सा र बारा जिल्लामा सरसफाई तथा खानेपानी समबिन्ध काम गर्दै आएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैयाका प्रमुख जक्की अहम्द अन्सारीले अहिले पनि पर्सा र बारका सदरमुकामसहित कुल १८ वटा स्थानीय तहहरु खुल्ला दसशामुक्त क्षेत्र घोषण् गर्न बाँकी रहेको जानकारी दिए।

पर्सामा रहेका कुल १४ वटा स्थानीय तहहरु मध्यै अहिलेसम्म ९ वटा स्थानीय तहहरु खुल्ला दिशामुक्त क्षेत्र घोष्णा भएको तथा बाँकी वटा स्थानीय तहहरु घोषणा गर्नको लागि आवशयक कार्यहरु भइरहेको प्रमुख अन्सारीले बताए।

पर्साको सदरमुकाम बिरगञ्ज महानगरपालिका,बहुदरमाई नगरपालिका,बिन्दबासिनी गाउपालिका,धोबिनी र कालिकामाई गाउपालिका यसअघि खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको अन्सारीले जानकारी दिए।

‘जिल्लाको १४ वटा स्थानीय तहहरु मध्ये ५ वटा स्थानीय तहहरु खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको छ,अन्सारीले भने,ती स्थानीय तहहरु पनि छिटै खुल्ला दिशामुक्त क्षेत्र घोष्णा गरिन्छ।’

उनले बाँकी रहेका स्थानीय तहहरुको केही वडाहरु खुल्ला दिशामुक्त क्षेत्र घोषणा बाँकी रहेको समग्रमै त्यो स्थानीय तह नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न नसकिएको बताए। स्थानीय तहका केही वडाहरु खुल्ला सदशामुक्त घोषणा गर्न मात्र बाँकी रहदा पनि उक्त स्थानीय तह नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सकिदैन अन्सारीले भने।’

उनले अहिले जिल्लाको बहुदरमाई नगरपालिकामा खुल्ला दिशामुक्त क्षेृत्र घोषणा गर्नको लागि पुर्ण रुपमा तयार भईसकेकोले सो स्थानीइ तहलाई छिटै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने जानकारी दिए।

यता, वीरगञ्ज महानगरपालिकाले असार मसान्त भित्रै आफना बाँकी रहेका वडाहरुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने जनाएको छ ।उसले त्यसका लागि बाँकी रहेका वडाहरुमा असार मसान्त भित्र चर्पी बनाएर खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न अनुरोध गरेको छ।

यस्तै बारामा रहेको कुल १६ वटा स्थानीइ तहहरु मध्इे जम्मा ३ वटा स्थानीय तहहरु मात्रै अहिलेसम्म खुल्ला शिामुक्त क्षेत्र घोषणा हुन सफल भएको छ।जिल्लामा रहेका बाँकी १३ स्थानीय तहहरु भने अहिलेसम्म पनि खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन नसकेको हो।

जिल्लामा रहेको २ नगरपालिका निजगढ नगरपालिका र कोल्हवी नगरपालिका त्इस्तै १ वटा गाउपालिका प्रसौनी गाउपालिका मात्रै अहिलेसम्म खुल्ला दिशामुक्त क्षेत्र घोष्णा भएको खानेपानी तथा सरसफाई डिभिजन प्रमुख जक्की अहम्द अन्सारीले बताए।

‘जिल्लामा रहेको कुल १६ मध्ये ३ वटा मात्रै खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ,अन्सारीले भने,बाँकी १३ वटा स्थानीय तह भएको छैन।’बाराको सदरमुकाम कलैया उप महानगरपालिका नै अहिलेसम्म पनि खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन सकेको छैन।

बारा जिल्लामा कलैया उप महानगर, नगरपालिकासहित जीतपुर सिमरा उप-महानगरपालिका, महागढीमाई नगरपालिका, सिमरौनगढ नगरपालिका, पचरौता नगरपालिका, यस्तै गाउँपालिकामा आदर्श कोतवाल गाउपालिका करैयामाई, देवताल, परवानीपुर , सुवर्ण, फेटा, बारागढी र विश्रामपुर गाउपालिका रहेका छन्।

असार मसान्त सम्म बारा पर्सालाई खुल्ला दिशामुक् क्षेत्र घोषणा गर्न लक्ष्य रहेको भएपनि,यो समयमा घोषणा गर्न नसकिने डिभिजन प्रमुख अन्सारीले बताए।असारभित्रै बारा पर्सालाई खुल्ला दिशामुक्त क्षेत्र घोष्णा गर्ने लक्ष्य छ,अन्सारीले भने,तर,त्यो सम्भव चाही छैन।

असार २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्