ग्लोबल आइएमई बैंक र जनता बैंक एकआपसमा गाभिने

काठमाडौं- नेपाल राष्ट्र बैंकले ठूला बैंकहरुलाई मर्जरमा जान निर्देशन दिएसँगै ग्लोबल आइएमई बैंक र जनता बैंक एकआपसमा गाभिने भएका छन्।

बैंकका गभर्नर चीरञ्जीवी नेपालले बैंकहरुलाई मर्जको चेतावनी दिएपछि मर्जरमा जाने सहमति गर्ने ग्लोबल र जनता बैंक पहिलो पटक गाभिने लागेका हुन्। यी दुवै बैंकले मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

यसका साथी यी दुवै बैंकले डीडीए रिपोर्टका आधारमा सेयर स्वाप अनुपात तय गर्ने समेत सहमति गरेका छन्। मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई रहनेछ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका परशुराम कुँवर क्षेत्री रहने भएका छन्। हाल जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ छ भने ग्लोबलको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ हजार रुपैयाँ छ।

असार २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्