बाइक चोर पक्राउ गर्न प्रहरीको ‘स्पेशल स्क्वाड फर बाइक हन्ट’

पत्रकार सम्मेलनमा ९वायाँबाट० जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठ, एसपी दिनेश मैनाली र इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख मोहन थापा।

विर्तामोड– झापामा मोटरसाइकल चोरीका घटना बढ्न थालेपछि मोटरसाइकल चोर पक्राउ गर्न प्रहरीले एक साता यता विशेष अभियान नै सञ्चालन गरेको छ।

उक्त अभियान शुरु भएसँगै जिल्ला प्रहरी कार्यालय झापाले एकसाताको अवधिमा मोटरसाइकल चोरीको घटनामा संलग्न १३ जना सहित १९ वटा मोटरसाइकल बरामद गरेको छ।

विज्ञापन

विशेषगरि बिर्तामोड क्षेत्रमा मोटरसाइकल चोरीको घटना बढेपछि झापा प्रहरीले ‘स्पेशल स्क्वाड फर बाइक हन्ट’ गठन गरेको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए। प्रहरीले गठन गरेको टोलीले एकसाताको अवधिमा गरेको खोजतलासका क्रममा १३ जनालाई पक्राउ गर्न सफल भएको शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर मैनालीले बताए।

पक्राउ परेका मोटरसाइकल चोरेको आरोप लागेकाहरु।

मोटरसाइकल चोरीमा संलग्न गौरादह नगरपालिका २ का विजय चौधरी, सोही नगरपालिका ८ का रोबिन राजवंशी, सन्त लिम्बु, प्रकाश न्यौपाने, बाह्रदशी गाउँपालिका ७ का विनोद मुर्मु, ६ का करण चौधरी, कमल गाउँपालिका ४ का केशव श्रेष्ठ, शिवसताक्षी नगरपालिका–१ का किरण भण्डारी, ५ का रमेश ताजपुरीया र सोही स्थानका प्रेमबहादुर रिमाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यसैगरि इलामको चुलाचुली गाउँपालिका २ का सन्त श्रेष्ठ, शिवसताक्षी, दमक ४ का बसन राई र कमल गाउँपालिका १ का रामु दमाईलाई पक्राउ गरिएको मैनालीले जानकारी दिए।

झापामा मोटरसाइकल चोरीको घटना बढेपछि प्रहरीले बढाएको सक्रियतासँगै छोटो समयमा संलग्न पक्राउ गर्न सफल भएको भनाई उनको छ।

बरामद भएका बाइक।

 

असार २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्