बहुमतले पारित भयो गण्डकी प्रदेशको बजेट

पोखरा-गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको शुक्रबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले असार १ गते पेस गरेको बजेट विनियोजन पारित गरेको हो।

प्रदेश मन्त्रालयका बजेटमाथिको छलफल सकिएपछि अर्थमन्त्री गुरुङले पेस गरेको विनियोजन विधयेक बहुमतले पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे।

विज्ञापन

बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसोधन हालेको भएपनि बहुमतले खारेज गरेको थियो। कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले बजेटमा १ सय घटाउन संसोधन हालेका थिए।

अर्को प्रतिपक्षी दल समाजवादी पार्टीले भने बजेट खेस्रा मात्रै भएको भन्दै बहिस्कार गरेको छ।अर्थमन्त्री गुरुङले असार १ गते ३२ अर्ब १३ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका थिए।

चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार, पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार विनियोजन भएको छ। ६२ प्रतिशत पुँजीगत, ३८ प्रतिशत चालु खर्च हुने गरी बजेटको बाँडफाँट गरिएको हो।

असार २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू