जिल्ला अदालत हुम्लाद्वारा हालसम्मकै बढी मुद्दा फर्छ्यौट

जिल्ला अदालत हुम्लाको भवन।

सिमकोट– आर्थिक वर्ष २०७५/०७६ मा हुम्ला जिल्ला अदालतले ७२ थान मुर्दा फर्छ्यौट गरेको छ।

हालसम्म अदालतमा १०१ थान मुद्दा दर्ता भएकोमा ती मुद्दाहरुमाथि फैसला, फिर्ता, काज सरुवा र मेलमिलाप गर्दै अदालतद्वारा किनारा लगाइएको हो।

विज्ञापन

जिल्ला अदालतमा मुद्दा दर्ताका हिसाबले बढी नै भएको भए पनि चालु आर्थिक वर्षमा ठूलो परिणामा मुद्दा फर्छ्यौट गरेको अदालतका डिठ्ठा सुमन थापाले बताएका छन्। यसअघि यति ठूलो परिणममा मुद्दा किनारा लगाउने कार्य भएको थिएन।

यी फर्छ्यौट भएका मुद्दामा फैसला भएका, मुद्दा फिर्ता लिएका, ढिसमिस भएका, मेल मिलाप र काज सरुवा गरिएका छन्। यी फर्छ्यौट भएका मुद्दामा सम्बन्ध विच्छेद, लेनदेन, कर्तव्य ज्यान मुद्दा र हाडनाता सम्बन्धि ३१ वटा मुद्दाको फैसला भएको छ भने दुई वटालाई तामेलीमा, १६ वटाको मेलमिलाप, २५ वटाको मिलापत्र, १ थान मुगु जिल्ला अदालतमा काज सरुवा र सात थान मुद्दा डिसमिस भएको जिल्ला अदालतका श्रेष्तादार मदन प्रसाद जैसवालले बताए।

जिल्ला अदालतले हालसम्मकै सबैभन्दा बढी मुद्दाहरुको फर्छ्यौट गरेका कारण धेरै सेवाग्राहीहरुलाई राहत पुगेको छ। कुल मुद्दा मध्ये अघिल्लो आर्थिक वर्षबाट पचास थान सरिआएका र ५१ थान चालु आर्थिक वर्षमा पेश भएका मुद्दा रहेका छन्। अझै अदालतमा २९ थान मुद्दाहरु विचाराधीन अवस्थामा रहेका छन्।

यी मुद्दाहरु कर्तव्य ज्यान केश, अंशवण्डा, चोरी लगायतका केशका रहेको र ती मुद्दा मध्य असार मसान्तसम्म केही थानको फैसला हुन सम्भावना रहेको अदालतका डिठ्ठा थापाले बताए।

असार २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्