मर्स्याङदी नदीले बगाउँदा बालिका बेपत्ता

फाइल तस्बिर

लमजुङ– मर्स्याङदी नदीले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्।

नदीले बगाउँदा सुन्दरबजार नगरपालिका–९ बेलघारीकी सात वर्षीया रीतु गुरुङ शुक्रबार बेपत्ता भएकी हुन्।

नदी छेउमा खेलिरहेको अवस्थामा नदीले चप्पल बगाएको थियो। बगाएको चप्पल लिन जाने क्रममा गुरुङलाई नदीले बगाएको प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए।

प्रहरीले उनको खोजी गरिरहेको छ। बेपत्ता बालिका दोर्दी गाउँपालिका–१ बेलघारीस्थित रत्न प्राविमा कक्षा ३ मा अध्ययनरत थिइन्।

असार २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्